site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुपाल्चोकमा बसको ठक्करबाट महिलाको मृत्यु 
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६, अधेरीमा बसको ठक्करबाट महिलाको मृत्यु भएको छ । 

काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा. ३ ख ५५४ नं. को अरनिको यातायात बसले सोही ठाउँ बस्ने ४५ वर्षीया माइली तामाङलाई शनिबार ठक्कर दिएको थियो । 

सोही बसबाट झरेर बाटो काट्ने क्रममा ठक्कर दिँदा घाइते भएकी उनको उपचारका क्रममा धुलीखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्