site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महेश बस्नेतको चेतावनी– अराजकलाई कारबाही नगरे प्रतिकार 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले अराजकका कारण मुलुकमा लोकतान्त्रिक हकअधिकार कार्यान्वयन गर्ने विषय चुनौतीपूर्ण बनेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले अराजकवादीले मुलुकको परिवर्तनमाथि नै हमला गर्ने गरेको टिप्पणी गरे ।

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको पनि आलोचना गरे । बस्नेतले देशमा शान्ति, सुरक्षा निकै कमजोर बनेको जिकिर गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको गतिविधिको कडा विरोध गरे । आफूहरूले शान्तिपूर्ण ढंगले कार्यक्रम गर्दा कसैले ‘थ्रेट’ दिए चुप लागेर नबस्ने उनको चेतावनी थियो ।

झापामा आफूहरूको कार्यक्रम बिथोल्नका निम्ति पहिचानवादी र दुर्गा प्रसाईंका समर्थक मिलेर आएको उनको भनाइ छ । सरकारले अराजकलाई कानुनी दायरामा नल्याए प्रतिकारमा उत्रन बाध्य हुने चेतावनी समेत उनले दिए ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro