site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
के भयो प्रचण्ड, देउवा र शेखरबीच सहमति ?

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिने बताएका छन् । सत्ता गठबन्धनलाई कमजोर हुन नदिने दुई दलबीच सहमति भएको छ । 

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता डा. शेखर कोइरालाले गठबन्धनलाई कमजोर हुन नदिने सहमति गरेका छन् । 

आज बिहान तीन नेताबीच भएको बैठकले वर्तमान सत्ता गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने लिखित सम्झौता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कोसी प्रदेशमा पनि सहमति गरेर अगाडि बढ्न तीन नेता सहमत भएका छन् । 

कोसीमा सत्ता गठबन्धनको निर्णयविरुद्ध शेखर पक्षका केदार कार्की आज मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनी एमाले सांसद्को समर्थनमा मुख्यमन्त्री भएका हुन् । 
sahamti-1697262441.jpg

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ११:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu