site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पत्रकार लम्सालको ‘मिडिया, महिला र म’ लोकार्पित
Sarbottam CementSarbottam Cement

काठमाडौं । पत्रकार अमृता लम्सालको अर्को पुस्तक ‘मिडिया, महिला र म’ एक समारोहका बीच लोकार्पण गरिएको छ । यसअघि, उनको ‘हजुरआमाका कथा’ प्रकाशित छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सर्जककी माता जयन्ती लम्साल, प्रा. पी खरेल, प्रा.डा. सुचिता प्याकुरेल र सर्जक अमृता लम्सालले पुस्तक सार्वजनिक गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा बोल्दै प्रा. पी खरेलले लेखन कार्य कठिन कर्म भएको बताउँदै विद्वान भनाउँदाहरूले समेत जर्नलहरूमा लेख्न छोडेको बताए । मन्तव्यका क्रममा प्रा. खरेलले पत्रकार लम्सालले उपयोगी पुस्तक पाठकहरूलाई सुम्पिएको बताए । यो किताब सबैले पढ्नुपर्ने उनको तर्क थियो ।

प्रा.डा. सुचिता प्याकुरेलले पुस्तक सैद्धान्तिक दृष्टिकोणबाट पनि बलियो भएको बताउँदै पाठ्यक्रममा समेत यो पुस्तक राख्न सकिने उल्लेख गरिन् ।

Global Ime bank

लेखक पत्रकार लम्सालले आफूलाई क्यान्सर भएको थाहा पाएपछि यो पुस्तक प्रकाशित हुन्छ कि हुँदैन भन्ने पिर लागेको स्मरण गर्दै कृति सार्वजनिक पछि आफू अत्यन्तै खुसी भएको बताइन् ।

प्रकाशन संस्था अक्षर क्रिएसन्सकी प्रमुख साहित्यकार अर्चना थापाले कृति प्रकाशनबारे जानकारी दिइन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  २१:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement