site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसका तीन पूर्वमहामन्त्री एकै मञ्चमा : नयाँ गुट जन्मिएको हो ?
SkywellSkywell

काठमाडौं । कोसी प्रदेशमा मुख्यमन्त्री विवाद चर्किरहेका बेला शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहको मञ्चमा तीन पूर्वमहामन्त्रीसहित पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देखा परिन् ।

कांग्रेसभित्र जटिल परिस्थिति हुँदै हालका महामन्त्री छल्दै पूर्व तीन महामन्त्री, देउवा पत्नी राणालाई एकै मञ्चमा राखिएपछि कांग्रेसजनमै प्रश्न उब्जियो– ‘यसबाट के सन्देश दिन खोजिएको हो ?’

त्यसरी कार्यक्रम गर्ने आयोजक चाहिँ काठमाडौं–६ नम्बर क्षेत्रीय समिति थियो । कार्यक्रमको नाम दिइएको थियो– ‘विचार गोष्ठी’ ।

KFC Island Ad
NIC Asia

वक्तामा पूर्वमहामन्त्रीत्रय प्रकाशमान सिंह, डा. शशांक कोइराला र कृष्ण सिटौला थिए । देउवा पत्नीलाई मञ्चमा राख्नुको कारणबारे कार्यकर्ताबीच खासखुस चलेको थियो, ‘‘भावी महामन्त्रीमा ग्रुम गर्न खोजिएको हो कि ?’’

यो कार्यक्रम त्यतिबेला आयोजना भयो, जतिबेला कोसी प्रदेशमा सरकार बनाउने विषयमा कांग्रेस दुई ध्रुवमा बाँडिएको छ । पार्टी विभाजनस्तरमै पुगेर गतिविधि र बहस भएका छन् । संस्थापन समूह र शेखर कोइराला समूहबीच राम्रैसँग विवाद चलिरहेको छ । अर्थात् 'कांग्रेस एक ढिक्का नभएको' सन्देश यो प्रकरणले दिएको छ । 

Royal Enfield Island Ad

कार्यक्रम संयोजक वाग्मती प्रदेश महामन्त्री राजु श्रेष्ठ थिए । उनी कार्यक्रमलाई गुटीय राजनीति भन्दा माथि उठेर पार्टीको आन्तरिक एकताको अभियानको रूपमा बुझ्नुपर्ने बताउँछन् ।

तर, उनी यो फुटको अभियान नभई जुटको अभियान हुने दाबी गर्छन् । “१५औँ महाधिवशेन आउन समय छ । कांग्रेस विषम परिस्थितिमा छ । आन्तरिक एकता कमजोर भएको छ,” उनले भने ।

पद र शक्तिमा रहँदा पूर्व तीन महामन्त्रीले राष्ट्र र पार्टीलाई योगदान गरेका कारण उनीहरूले पुनःशक्तिमा आउनुपर्ने र छुट्टै गुट चलाउनुपर्ने माग बढिरहेको छ ।

“उहाँहरू मिलेर जानुभयो राम्रो हुन्छ । छुट्टाछुट्टै गुटीय दोकान खोलेर केही हुँदैन । फुटेर हैन जुटेर अघि बढ्नुपर्छ भन्ने सन्देश दिन खोजिएको हो,” श्रेष्ठको दाबी छ । 

तीनै पूर्वमहामन्त्रीको जोड : आन्तरिक एकता

तीनैजना पूर्वमहामन्त्रीले कांग्रेस कमजोर भएको धारणा राखे । उनीहरूले कांग्रेसमा आन्तरिक एकता भए जुनसुकै दललाई पनि हराउने तागत भएको दाबी प्रस्तुत गरे ।

पूर्वमहामन्त्री कृष्ण सिटौलाले कांग्रेसभित्र आन्तरिक एकता नभएको बताएका छन् । कोसी प्रदेशमा पार्टीभित्र देखिएको विवादतर्फ संकेत गर्दै उनले भने, ‘‘पद वा अवसरको आधारमा पार्टीभित्र आन्तरिक एकता खोज्न हुँदैन । आम जनता र नेपाली कांग्रेस कार्यकर्ता निराश हुनुपर्ने अवस्था छैन । आफैँभित्र ‘करेक्सन’ भने आवश्यक छ ।’’

आफ्नै पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने उल्लेख गर्दै भने, ‘‘अर्कोलाई खोटमात्र देखेर हुन्न, आफूमा करेक्सन गरौँ, आफूमा बदलाब ल्याउनुपर्छ ।’’

पूर्वमहामन्त्री डा. शशांक कोइरालाले कांग्रेस एकजुट हुन सके कुनै दलले पनि कांग्रेसलाई हराउन नसक्ने बताए । उनले भने, ‘‘पार्टी एकताको पक्षमा एकजुट हुनुपर्छ । एकजुट भए जति अरू दल मिले पनि कांग्रेसलाई हराउन सक्दैनन् ।’’

अर्का पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीमाथि निरन्तर प्रहार बढिरहेकाले वैचारिक प्रतिवादमा उत्रनुपर्ने धारणा राखे । “पार्टीबारे गलत शैलीको प्रचार भइरहको छ । चिया पसलमा, बसमा हुन छलफलमा हरेक कुरा आउँछ, हामीले त्यहाँ पनि आफ्ना कुरा स्पष्ट राख्नुपर्छ । त्यो भइहाल्छ, हटिहाल्छ भनेर हुँदैन ।”

उनले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका विभिन्न पदमा बसेका नेताहरूबीचको समन्वय सुमधुर हुन नसकेको बताए । “पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका नेताहरूबीचमा समन्वय अभाव छ । जनताबाट निर्वाचित वडाध्यक्ष वा सदस्य किन नहोस् यो हरेक ठाउँमा पार्टी संगठन र जनप्रतितिधिबीच समन्वय अभाव छ,” उनले भने, “त्यत्रो संघर्षबाट पुस्ता ल्याएको लोकतान्त्रिक ट्रयाकमा लान अधिकार सुरक्षित गर्न र स्थायित्व दिन चुक्नुहुँदैन ।”

उता आरजु राणाले कांग्रेसलाई एकताबद्ध गरी लैजान नसके इतिहासले सराप्ने बताइन् । उनले भनिन्, “यस्तो स्थितिमा नेताहरू पार्टी र देश बनाउने भन्दा पनि एउटाले अर्काेलाई ढुंगा हानेर समय बिताउँदै छन् ।’’

काठमाडौं–१ बाट निर्वाचित सांसदसमेत रहेका सिंहले संगठन बिग्रियो भनेर नेतालाई गालीमात्र गर्ने छुट नभएको भन्दै पार्टीको जिम्मेवारी बहन गरेर बसेका सबैको जिम्मेवारी भएको बताए । उनले पार्टी सुधारका लागि जसले जहाँ अधिकार र अवसर पाएको छ त्यसको सदुपयोग भएमात्र सम्भव हुने धारणा राखे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  २०:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro