site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्यका कर्मचारीको काज फिर्ता गर्दा धेरै नेता रिसाए : स्वास्थ्यमन्त्री
फाइल तस्बिर।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यका कर्मचारीहरुको काज फिर्ता गराउँदा केही राजनीतिक दलका नेताहरु आफूसँग रिसाएको बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले केही कर्मचारी मेडिकल बोर्डको सिफारिसमा १६ वर्षसम्म बिरामी भएको भेटिएको भन्दै माथिल्लो पहुँचकै आधारमा काजमा बसेकाहरुको काज फिर्ता गराउन सफल भएको बताए । आफूसँग रिसाएका नेताहरु दुर्गम ठाउँमा स्वास्थ्यकर्मी पुगेपछि खुसी भएको उनले बताए ।

मन्त्री बस्नेतले देशभरि स्वास्थ्यका भवनहरु शिलान्यास भए पनि एउटा पनि उद्घाटन नभएको बताए । स्वास्थ्यका भवन बनेको ठाउँमा उपकरण र दक्ष जनशक्ति नै नभएको उनको भनाइ छ ।

मन्त्री बस्नेतले स्वास्थ्यमा कर्मचारीको निकै अभाव भएको भन्दै स्थायी दरबन्दी अगाडि बढाउने सिलसिलामा तत्काललाई करारमा भए पनि लिएर प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।

स्वास्थ्य मन्त्रालय लामो समयदेखि क्रोनिकका रुपमा रहेको मन्त्रालय रहेको भन्दै उनले यसलाई चिरफार गरेर मात्रै नहुने र ठूलै अप्रेसन गर्नुपर्ने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro