site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिबिफिनले सार्वजनिक गर्‍यो 'बिजनेस समिट २०८०' को प्रतिवेदन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटले ‘बिजनेस समिट, २०८०’ को निष्कर्ष प्रतिवेदन सार्वजनिक गरेको छ ।

सिबिफिन र बिजनेस इन्स्टिच्युटले संयुक्त कार्यक्रमको आयोजना गर्दै गत वैशाख २४ गते सम्पन्न नेपाल बिजनेस समिटको निष्कर्ष प्रतिवेदन सार्वजनिक गरेको हो ।

कार्यक्रममा लेख लेखन प्रतियोगिताका विजेता १५ जना पत्रकारहरुलाई पुरस्कृत समेत गरिएको छ ।

प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सार्वजनिक गरेका थिए । प्रतिवेदनमा समिटका बेला भएका विषयगत बहस सत्रका सुझाव तथा निष्कर्ष र समिटमा सहभागी प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री र प्रतिनिधिसभाका सदस्यका विचारहरु समेटिएको सिबिफिनले बताएको छ ।

यस्तै, गभर्नर, सचिव, विभिन्न संघ/संस्थाका नेतृत्वकर्ताहरु, दातृ निकायका प्रतिनिधिलगायतका सुझाव, प्रतिबद्धता र ऐक्यवद्धता पनि प्रतिवेदनमा समेटिएको सिबिफिनले जनाएको छ ।

कार्यक्रममा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले उत्पादनमूलक, निर्यातमूलक, रोजगारमूलक क्षेत्रलाई विशेष प्राथमिकता र प्रोत्साहन दिनुपर्ने बताए । यी क्षेत्रमा लगानी विस्तार नगरी देश विकास नहुने भन्दै उनले नेपाल सरकारले उपयुक्त नीति एवं वातावरणसहित निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro