देश
काठमाडौं । नेपालबाट शान्ति सेनामा गएका एकजनाको निधन भएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि कंगोमा तैनाथ प्युठ भुपजित राईको आज निधन भएको हो ।
उनी श्री नरसिंहदल गण (शान्ति सेना) उनान्तिसौँ डफ्फामा कार्यरत थिए ।
नेपाली सेनाका अनुसार कंगोमा उनी ट्याक्टिकल अपरेटिङ बेस काम गर्थे । उनी त्यहाँ बिरामी भएका थिए । उनलाई थप उपचारका लागि कंगोको बुनियास्थित एक अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको हो ।
उनको नेपाल ठेगाना खोटाङ हो । उनको शव ल्याउन समन्वय भइरहेको सेनाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८० १७:२७
प्रतिक्रिया दिनुहोस्