site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक रहेको बताएका छन् । 

शुक्रबार दोस्रो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले मुलुकको व्यापार घाटालाई कम गर्नको निम्ति मुलुकको उत्पादनलाई निर्यात गर्न सक्नुपर्ने बताएका हुन् । 

उनले मुलुकमा उत्पादन भएका वस्तुहरू निर्यात नगरेसम्म कसैलाई अनुरोध र निवेदन गरेर मात्रै व्यापार घाटा कम हुन नसक्ने दाबी गरे ।

आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नसके मात्रै व्यापार घाटा कम हुने भन्दै तत्काल ठूला उत्पादन उद्योग खोल्ने र निर्यात गर्दा पनि व्यापार घाटा कम हुने अवस्था नभएको बताए ।

उनले विकासको निम्ति पुँजी आवश्यक रहेको भन्दै सरकारले पुँजी निर्माण, पुँजीगत खर्चको कार्यान्वयन र चुलिँदै गएको व्यापार घाटालाई कम गर्न जरुरी रहेको उल्लेख गरे । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro