site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
धितोपत्र बोर्ड र प्राधिकरणका नेतृत्वविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । सेयर लगानीकर्ताले चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेलविरूद्ध उजुरी दिएको हो । १६ लगानीकर्ताको हस्ताक्षरसहित अख्तियारमा शुक्रबार उजुरी दिएको बताइएको छ । 

बिमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्था विपरीत अख्तियारको दुरुपयोग गरी बिमा कम्पनीहरूलाई प्रिमियममा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको लगानीकर्ताको आरोप छ ।

बिमा ऐन २०७९ को  दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्थाविपरित अख्तियारको दुरुपयोग गरी 

सिटिजन लाइफ, सन नेपाल, आईएमई लाइफ र रिलायवल लाइफसहित चार वटा बिमा कम्पनीलाई अंकित मूल्यभन्दा बढी रकम सर्वसाधारणबाट माग गर्न दिनेगरी आह्वानपत्र स्वीकृत गरी कानुन विपरीतको कार्य गरेको निवेदनमा उल्लेख छ । 

यी निकायका प्रमुख र जिम्मेवारहरूले हिमालयन रि इन्स्योरेन्सलाई अंंकित मूल्यभन्दा बढी सर्र्वसाधारणबाट रकम माग गर्नेगरी आह्वानपत्र स्वीकृत गर्ने अन्तिम तयारी गरेको छ । यसअघि भए गरेका गैरकानुनी कार्यहरू बदर गराउन, हुुन लागेका गैरकानुनी कार्य रोक्न र जो–जो संलग्न छन्, दोषी उपर प्रचलित कानुनअनुसार हदैसम्म कडा कारबाही गर्न माग गरिएको छ ।

यस्ता छन् लगानीकर्ताका माग दाबी
१. नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेललगायत (जो, जो संलग्न छन्) ले बिमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्थाविपरीत अख्तियारको दुरुपयोग गरी सिटिजन लाइफ, सन नेपाल लाइफ, आईएमई लाइफ र रिलायबल लाइफसहित चार वटा बिमा कम्पनीहरूलाई अंकित मूल्यभन्दा बढी रकम सर्वसाधारणबाट माग गर्न दिने गरी आह्वानपत्र स्वीकृत गरी कानुन विपरीतको कार्य र अख्तियार दुरुपयोग गरेका छन् । निजहरूले हिमालयन रि इन्स्योरेन्सलाई अंंकित मूल्यभन्दा बढी सर्वसाधारणबाट रकम माग गर्ने गरी आह्वानपत्र स्वीकृत गर्ने अन्तिम तयारी गरेकोले यसअघि भए गरेका गैरकानुनी कार्यहरू बदर गराउन, हुुन लागेका गैरकानुनी कार्य रोकीपाउन र जो–जो संलग्न छन्, दोषी उपर प्रचलित कानुनअनुसार हदैसम्म कडा कारबाही गर्न माग गर्दछौँ ।

२. नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताको हित प्रतिकूल र अपारदर्शी रूपमा मनलाग्दी प्रिमियम राखेर साधारण सेयरको प्रिमियम मूल्य निर्धारण गरी घोराही सिमेन्ट लगायतका प्रकरणमा नीतिगत भ्रष्टाचार समेत भइरहेकाले सोको छानबिन गर्न, आईपीओको सम्पूर्ण प्रक्रियालाई तत्काल स्थगित गरी धितोपत्र बोर्डले २०७७ सालमा जारी गरेको बुक विल्डिड कार्यविधि अनुरुप मात्र जारी गराउने गरी तत्कालका लागि सम्पूर्ण प्रक्रिया रोक्न लगाइ पाऊँ ।

३. उल्लेखित बिमा कम्पनीहरूलाई सञ्चालन स्वीकृति (लाइसेन्स) दिँदाको प्रावधान र आईपीओ स्वीकृति दिँदा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक, प्रत्याभूतकर्ता, रेटिड. एजेन्सी, बिमा प्राधिकरण र धितोपत्र बोर्डबाट भएका सम्पूर्ण निर्णय, कागजपत्र, पत्राचारहरूको छानबिन गरिपाऊँ ।

४. कानुनको  बर्खिलाप अख्तियार दुरुपयोग भइरहेका कार्यहरू रोकी पाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिइएका उजुरीहरूको वेवास्ता गरिन्छ भन्ने आरोपहरूको स्वतः खण्डन हुनेगरी हाम्रो यस उजुरीको तत्काल सुनुवाइ भइ ६० लाख लगानीकर्ताहरूको हितमा काम हुनेछ भन्ने पूर्ण विस्वास लिएका छौँ । 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro