site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपति पौडेल आगामी महिना जर्मनी भ्रमणमा जाने
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जर्मनी भ्रमणमा जाने भएका छन् । जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणमा पौडेल आगामी महिना जर्मनीको भ्रमणमा जान लागेका हुन् । 

जर्मनीको एकीकरण तथा जर्मनी–नेपाल सम्बन्धको ६५औँ वार्षिकोत्सवका अवसरमा बिहीबार साँझ काठमाडौंमा आयोजित स्वागत समारोहमा नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्जले जर्मनीका जनता राष्ट्रपति पौडेललाई आफ्नो भूमिमा स्वागत गर्न आतुर रहेको बताए । 

राजदूत प्रिन्जले नेपाललाई जर्मनीले निरन्तर सहयोग गर्दै आएको र भविष्यमा पनि त्यसलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरे । रासस

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  २३:११
प्रतिक्रिया दिनुहोस्