site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थतन्त्र संकटग्रस्त छ भन्ने कुरामा सहमत छैन : उद्योगमन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिव्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्र संकटग्रस्तअवस्थामा नरहेको बताएका छन् ।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको 'राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य' विषयक अन्तरक्रियामा बोल्दै अर्थतन्त्र संकटग्रस्त छ भन्ने कुरामा आफू सहमत नरहेको बताए । 

Dabur Nepal
NIC Asia

“अर्थतन्त्र संकटग्रस्त छ भन्ने कुरामा म सहमत छैन । हामीले अर्थतन्त्रलाई उभो लगाउन नसकेपनि उधो लागि हालेको अवस्था छैन,” मन्त्री रिजालले भने, “त्यसकारण अर्थतन्त्र संकटग्रस्ट छैन ।”

मन्त्री रिजालले मुलुकलाई समृद्धितर्फ लैजान निजी क्षेत्रलाई अगाडि बनाउनु पर्ने धारणा राखे ।

“मुलुकलाई समृद्धितर्फ लैजाने निजी क्षेत्रलाई अगाडि बढाउन सक्यौँ । उनीहरूलाई विश्वासको वातावरण बनाउन, लगानीमैत्री वातावरण बनाउन सक्यौँ भने यो मुलुक समृद्धितर्फ जान्छ,” उनले भने, “निजी क्षेत्र भनेको बदमासकै क्षेत्र हो । यिनीहरूले राजनीतिज्ञ र कर्मचारीलाई चल्नै दिँदैनन् । यस्ता खालका परम्परागत अतिवाद सोच हो । यस्ता खालका सोचलाई फाल्न सकेनौँ भने यो मुलुक समृद्धितर्फ जान्छ भन्ने मलाई विश्वास छैन ।”

समृद्ध राष्ट्र निर्माणको लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । ‘अर्थतन्त्र संकटग्रस्त छ’ भन्ने खालका अभिव्यक्ति त्याग्नुपर्ने उनको भनाइ छ । 

“हिजोको जस्तो आम्दानी नहोला । तर तपाईंहरूले दिएको अर्थतन्त्र संकटग्रस्त छ भन्ने अभिव्यक्तिले धेरैलाई निराशा बनाएको छ ।त्यसकारण यस्ता खालका अभिव्यक्ति पनि त्यागौँ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro