site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कप्तान देवको शतकमा इरानलाई ३५४ रनको लक्ष्य, ४१ ओभरमै अलआउट नेपाल

काठमाडौं । कप्तान देव खनालको शतकप्रेरित नेपाली टोलीले एसीसी यू–१९ प्रिमियर कपमा इरानविरुद्ध ३५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको बांगीमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपाली टोलीले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनायो ।

कप्तान देवले १०० रन बनाए । उनले ६० बलमा १२ चौका र चार छक्का प्रहार गरे । नेपालले स्कोरबोर्डमा १० रन जोड्दा दुई विकेट गुमाएको थियो । देवले तेस्रो विकेटका लागि दीपक बोहरासँग १६६ रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए । दीपकले ५९ बलमा पाँच चौका र दुई छक्कासहित ६५ रन बनाए ।

Dabur Nepal
NIC Asia

दीपक डुम्रेले ४४ बलमा आठ चौका र दुई छक्कासहित ६९ रन जोडे । दीपेश कँडेलले २९ रन थपे । अन्तिममा ब्याटिङका लागि आएका आकाश चन्दले १९ र सुवास भण्डारीले १८ रनको योगदान गरे ।

नेपालका दुई ब्याटर ‘गोल्डेन डक’ भए । ओपनर अर्जुन साउद र मिलन बोहरा पहिलो बलमै पभेलियन फर्किएका थिए ।

प्रतियोगितामा नेपालसँगै १६ टिमको सहभागिता छ । सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै बहराइन, इरान र साउदी अरेबिया छन् । प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो हुने टिम पाकिस्तानमा हुने तालिका रहेको यू–१९ एसिया कपमा छनोट हुनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro