site stats
बाह्रखरी :: Baahrakhari
देश
विद्यार्थी लिन नेपाल वायुसेवा निगमको जहाज इजरायल पठाइयो

काठमाडौं । इजरायलमा रहेका नेपाली विद्यार्थी लिन नेपाल वायुसेवा निगमको जहाज इजरायल पठाइएको छ । आज बिहान साढे २ बजे नेपाल एयरलाइन्सको जहाज त्यसतर्फ उडेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले जानकारी दिएका छन् । 

परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धार गर्न परराष्ट्र मन्त्रालयको एक टोली  गएको हो । 

हिजो बसेको मन्त्रिपरिषद् बैठकले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीलाई ल्याउन मन्त्री साउदलाई पठाउने निर्णय गरेको थियो । छुट्टै आउन चाहनेहरूको खर्च पनि सरकारले नै बेहोर्ने भएको छ । 

परराष्ट्र मन्त्रालयले २८८ जना नेपाली इजरायलबाट फर्किन इच्छुक रहेको बताएको छ । 

Global Ime bank

उक्त जहाजमा नेपाल आउन चाहेका विद्यार्थीलाई मात्रै ल्याइनेछ । शव भने नल्याइने बताइएको छ । प्रोटकल पूरा गर्न केही समय लाग्ने भएकाले शव ल्याउन केही समय लाग्नेछ । 

शनिबार विद्रोही समूह हमासले दक्षिण इजरायलमा गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu