site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफूलाई इटालीको नागरिक बताएर लाखौँ ठगी गर्ने ललितपुरकी सनिषा मल्ल पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत अनलाइन ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१९ की २९ वर्षीया सनिषा मल्ल रहेकी छन् ।

प्रहरीका अनुसार उनले फेसबुक, ह्वाट्सएपसहितका सामाजिक सञ्जालको दुरुप्रयोग गरी पीडितलाई आफू इटालीको नागरिक रहेको बताउने गर्थिन् । त्यसपछि विश्वास दिलाएर विस्तारै माया प्रेमको प्रपञ्चमा पारी आइफोन, लेडिज ब्याग, सुन तथा गरगहना र पाँचहजार डलरसहितको गिफ्ट पठाइदिएको बताउँथिन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आफूले पठाएको गिफ्ट भारतको इन्दिरा गान्धी एयरपोर्टमा आइपुगेको र पार्सल पाउन भन्सार शुल्क, डेलिभरी चार्जजस्ता प्रयोजनमा रकम तिर्नुपर्ने बताउँथिन् । पीडितलाई विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरूमा पटकपटक गरी १७ लाख १५ हजार रुपैयाँ पठाउन लगाएर उनले ठगी गरेको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro