site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मध्यपूर्वमा शान्ति ल्याउन खोज्ने चीनले इजरायल–गाजा द्वन्द्वमा के दियो प्रतिक्रिया ?

काठमाडौं । प्यालेस्टाइनी राष्ट्रपति महमूद अब्बासले गत जुनमा बेइजिङको भ्रमण गर्दा इजरायलसँग जारी द्वन्द्व समाधानका लागि चीनले महत्वपूर्ण योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो ।

एकअर्काका कट्टर प्रतिद्वन्द्वी इरान र साउदी अरेबियाबीच केही महिनाअघि बेइजिङको मध्यस्थकर्तामा भएको मेलमिलाप सम्झौतालाई चीनले मध्यपूर्वमा आफ्नो उपस्थिति विस्तार गर्ने संकेतका रूपमा हेरिएको थियो ।

तर, प्यालेस्टाइनी लडाकु समूहले इजरायलमा आक्रमण गरेपछि चर्किएको द्वन्द्वका बेला मध्यपूर्वमा चीनको परीक्षणसमेत भइरहेको छ ।

Dabur Nepal
NIC Asia

१२०० इजरायली र ९५० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको संकटमा चीनले दुवैपक्षलाई संयमताको लागि नम्र आह्वान गरेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ गत डिसेम्बरमा मध्यपूर्वको भ्रमण गर्दा उनले यस क्षेत्रका लागि बेइजिङ नेतृत्वको सुरक्षा पहल अमेरिकी नेतृत्वमा रहेको प्रणालीको विकल्प भएको दाबी गरेका थिए ।

इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीचको द्वन्द्वमा चीनको प्रारम्भिक प्रतिक्रियाले भने विश्वको नयाँ शान्ति निर्माताका रूपमा यसको प्रचारलाई अस्वीकृत गर्ने विज्ञहरूको भनाइ छ ।

अमेरिका, युरोप र एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका धेरै देशहरूले हमासको आक्रमणको निन्दा गर्दै इजरायलको पक्षमा समर्थन व्यक्त गरेका छन् । बेइजिङले भने आफूलाई तटस्थ देखाएको छ ।

आइतबार एक वक्तव्य जारी गर्दै चिनियाँ विदेश मन्त्रालयले दुवै पक्षलाई शान्त रहन, संयम अपनाउन र तुरुन्तै शत्रुता अन्त्य गर्न आह्वान गरेको छ।

चीनले द्वन्द्वको समाधानका रूपमा स्वतन्त्र राज्य प्यालेस्टाइनको स्थापना गर्नुपर्ने कुरा राखेको छ ।

बेइजिङस्थित इजरायली दूतावासका एक वरिष्ठ अधिकारी युवल वाक्सले आफ्नो देशले चीनबाट हमासको कडा निन्दाको अपेक्षा गरेको बताएका छन् ।

भ्रमणका क्रममा बेइजिङमा रहेका अमेरिकी सिनेटका नेता चक शूमरले सोमबार सीसँगको भेटमा चीनको प्रतिक्रियाप्रति निराशा व्यक्त गरेको बताइएको छ ।

चिनियाँ सञ्चारमाध्यममा द्वन्द्वको कभरेज तटस्थताको संकेत गर्ने किसिमको नभएको बताइएको छ । यसरी चीनले इजरायल र गाजामा चर्किएको द्वन्द्वका बेला बलियो स्थिति समात्न नसकेकोले मध्यपूर्वमा यसको भूमिकाको कमजोर आँकलन हुन थालेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro