site stats
बाह्रखरी :: Baahrakhari
देश
इजरायलबाट ‘कर्मसियल फ्लाइट’मा आउनेको पनि सरकारले खर्च व्यहोर्ने 

काठमाडौं । सरकारले इजरायलबाट ‘कर्मसियल फ्लाइट’मा नेपाल फर्कन चाहने नेपालीलाई टिकट खरिदमा सहजीकरण गर्ने भएको छ । 

परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखाका प्रमुख तथा सहसचिव शरदराज आरनले उक्त जानकारी दिएका हुन् । 

“इजरायलबाट कर्मसियल फ्लाइटमा कोही नेपाली अहिले फर्कन चाहन्छ भने इजरायलस्थित नेपाली दूतावासलले हवाई टिकटको लागि सहजीकरण गर्नेछ । टिकटको खर्च सरकारले व्यहोर्नेछ,” सहसचिव आरनले भने ।

इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकारले आज २५० सीट क्षमताको नेपाल एयरलाइन्सको जहाज दुबई हुँदै इजरायल पठाउँदै छ ।

हाल इजरायलमा रहेका २८८ नेपालीले स्वदेश फर्कन चाहेका छन् । उनीहरूमध्ये २५० जनालाई आज राति पठाइने जहाजले नेपाल ल्याउने छ । 

Global Ime bank

फ्लाई दुबई, इत्तेहाद, टर्किस एयरलाइन्सले इजरायलमा कर्मसियल उडान गरिरहेका जनाउँदै स्वदेश फर्कन चाहने नेपालीहरू त्यस्ता उडानमा आउन सक्ने जनाइएको छ । 

इजरायलमा रहेका नेपालीले आफू नेपाल फर्कन चाहेको जानकारी त्यहाँ रहेको नेपाली दूतावासलाई गराएपछि कर्मसियल फ्लाईटको लागि सहजीकरण प्रक्रिया दूतावासले अघि बढाउने छ । 

शनिबार प्यालेस्टिन चरमपन्थी समूह हमासले दक्षिण इजरायलमा आक्रमण गरेपछि त्यहाँ एक हजारभन्दा बढी मारिएका छन् । मारिनेमा १० जना नेपाली विद्यार्थी पनि छन् । घाइते भई उपचाररत चार नेपाली विद्यार्थीमध्ये दुईजना आज अस्पतालबाट डिस्चार्ज भएका छन् । 

इजरायलमा रहेका विद्यार्थीले सरकारले आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन ढिलाइ गरेको भन्दै आक्रोशित भएपछि सरकारले उनीहरूलाई लिन आज राति जहाज पठाउन लागेको हो । 

चाटर्ड फ्लाइट एउटा मात्र गर्ने भएकोले बाँकी रहेकालाई कमर्सियल फ्लाइटमा ल्याउने निर्णय सरकारले गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu