राजनीति
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज इजरायल जाने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीलाई ल्याउन मन्त्री साउदलाई पठाउने निर्णय गरेको हो ।
“नेपाल आउन चाहने नेपालीहरूलाई लिनका लागि नेपाल एयरलाइन्सबाट परराष्ट्रमन्त्री स्वयम् त्यस जाहजमा चढेर जाने र नेपालीहरूलाई लिएर आउने निर्णय भएको छ,” बैठकपछि कानुनमन्त्री धनराज गुरुङले सञ्चारकर्मीसँग भने ।
त्यस्तै, छुट्टै आउन चाहनेहरूको खर्च पनि सरकारले नै बेहोर्ने निर्णय भएको उनले बताए ।
त्यसअघि परराष्ट्र मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले जानकारी २८८ जना नेपाली इजरायलबाट फर्किन इच्छुक रहेको जानकारी दिएकी थिइन् ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०८० १७:५७
प्रतिक्रिया दिनुहोस्