site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
नेपाल र जर्मनीबीच श्रम सम्झौता, नेपाली दक्ष कामदारलाई संस्थागत बाटो खुल्यो
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल र जर्मनीबीच श्रम सम्झौता भएको छ । जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयमा मंगलबार ‘दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदानसम्बन्धी संयुक्त घोषणापत्र’मा दुई देशका अधिकारीले हस्ताक्षर गरेका छन् ।

श्रममन्त्री शरतसिंह भण्डारी र जर्मनीका संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयका उपमन्त्री लियोनी गेबर्सको उपस्थितिमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र जर्मन संघीय रोजगार निकायका अन्तर्राष्ट्रिय मामिला निर्देशक माइकल भान डेर क्यामेनले आ–आफ्नो सरकारको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका थिए ।

Agni Group

हस्ताक्षर गर्नुअघि श्रममन्त्री भण्डारीको नेतृत्वमा रहेको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल र जर्मनीका उपमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय जर्मन प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठक भएको थियो ।

बैठकमा दुई देशका प्रतिनिधिमण्डलका नेताहरूले मुख्यतः नेपाल–जर्मनी द्विपक्षीय सम्बन्ध, दक्ष श्रम आप्रवासन, आप्रवासनप्रति नेपालको प्रतिबद्धता, श्रमिकको हित तथा सामाजिक सुरक्षा, जर्मन भाषा तथा व्यावसायिक तालिम र सर्कुलर माइग्रेसनलगायत विषयमा विचार आदान प्रदान गरेका थिए ।

Global Ime bank

भेटमा दुवै नेताले पछिल्ला वर्षहरूमा दुई देशबीच बढ्दै गएको सम्बन्धप्रति खुसी व्यक्त गरेका थिए । मन्त्री भण्डारीले जर्मनी सरकारसँग पारस्परिक हितका सबै क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको पनि बताएका थिए ।

जर्मनी उपमन्त्री गेबर्सले श्रम सम्झौताले जर्मन रोजगारी बजारको आवश्यकताअनुसार नेपाली दक्ष कामदारलाई संस्थागत रुपमा अगाडि बढ्ने बाटो खुला गरेको बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu