site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेंगी संक्रमितको संख्या ३८ हजार नाघ्यो

काठमाडौं । नेपालमा यसवर्ष डेंगी संक्रमितको संख्या ३८ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ७ अक्टोबरसम्म ३८ हजार ५९ जना संक्रमित भएका छन् ।

डेंगीबाट जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

ईडीसीडीका अनुसार सबैभन्दा धेरै कोसी प्रदेशमा २३ हजार ९०५ जना संक्रमित भएका छन् ।

त्यस्तै, गण्डकीमा ६ हजार ८१८, वाग्मतीमा चार हजार ८८३, सुदूरपश्चिममा एक हजार ८०, लुम्बीनीमा ६५५ तथा मधेसमा ५९० जना संक्रमित भएका छन् ।

सबैभन्दा कम कर्णाली प्रदेशका १२८ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार ३२६ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro