site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसीसी यू–१९ प्रिमियर कप : कप्तान खनाल भन्छन्– नेपालको लक्ष्य उपाधि
फाइल तस्बिर।

काठमाडौं । नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनालले एसीसी यू–१९ प्रिमियर कपको उपाधि जित्ने लक्ष्य भएको बताएका छन् ।

यू–१९ एसिया कपको छनोट प्रतियोगिताको रुपमा रहेको प्रिमियर कप असोज २५ गतेदेखि मलेसियामा सुरु हुँदै छ । प्रतियोगितामा नेपालसँगै १६ टिमको सहभागिता छ । मलेसिया जाने नेपाली टिमको बिदाइका लागि आयोजित कार्यक्रममा खनालले प्रतियोगिताको सबै खेल जित्ने लक्ष्य रहेको प्रतिक्रिया दिएका हुन् ।

Dabur Nepal
NIC Asia

“तयारी राम्रो छ । भारतमा गएर पनि तयारी गरेका छौँ । टप थ्री टिम एसिया कपमा जाने छन् । हामी उपाधि फेब्रेट टिम हौँ । सबै खेल जित्ने लक्ष्यमा छौँ । सात वर्षपछि एसिया कप खेल्ने योजनामा छौँ । प्रिमियर कपमा जित्ने लक्ष्य राखेका छौँ,” खनालले भने, “ओभरअल सबै राम्रो छ । ब्याटिङ र फास्ट बलिङ राम्रो छ । मानसिक रुपमा पनि तयार छौँ । प्रेसर छैन । यहाँ राम्रो गरेर सिनियर टोलीमा प्रवेश गर्न मौका छ ।”

यस्तै, नेपाली टिमका मुख्य प्रशिक्षक जगत टमाटाले पनि टिमको लक्ष्य च्याम्पियन बन्ने नै भएको बताए ।

“शारीरिक र मानसिक रुपमा तयार छौँ । सात वर्षपछि विश्वकप छनोट भएका छौँ । २५ दिन तयारी गरेका छौँ । एसिया कपमा छनोट सहजै हुने भए पनि च्याम्पियन हुने लक्ष्य हो । १४ टिम नयाँ छन् । बलिङ र ब्याटिङ राम्रो छ । कप्तानले सिनियर टोलीबाट खेलेका छन् । सिनियर टोलीको सिस्टम छ । त्यही निरन्तरता दिन खेल्छौँ । एसिया कप छनोटमा छनोट हुन्छौँ । त्यसपछि एसिया कप र विश्वकप खेल्छौँ,” प्रशिक्षक टमाटाले भने ।

प्रतियोगितामा सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै बहराइन, इरान र साउदी अरेबिया छन् । प्रतियोगिताबाट विजेता, उपविजेता र तेस्रो हुने टिम पाकिस्तानमा तालिका रहेको यू–१९ एसिया कपमा छनोट हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro