site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिनिधिसभाको शून्य समय : इजरालयमा रहेका नेपालीको उद्धार गर्न माग 
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपालीहरूको शव स्वदेश ल्याउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आज प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको उद्धार गर्न सरकारसँग माग गरे ।

एमालेका सांसद ईश्वरबहादुर रिजालले सरकार भएको अनुभूति गराउन आग्रह गरे । “बङ्करमा होस् या बाहिर होस् । नेपालीहरू दुईवटा कुरा पर्खिएर बसेका छन्– एउटा उद्धार अर्को मृत्यु । नेपालमा राज्य छ भन्ने महसुस छैन,” उनले भने, “मृत्युको मुखमा पुगेका नेपालीहरूलाई मेरो देश छ भन्ने अनुभूति गराउनुपर्‍यो । उनीहरूको उ‍द्धार गर्नुपर्‍यो ।”

Dabur Nepal
NIC Asia

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मृतकको शव ल्याउन, घाइते र त्यहाँ रहेका अरूको उद्धार गर्न माग गरे । 

“१० जनाको शवलाई तुरुन्त काठमाडौं ल्याउने । धेरै आफ्नो देशमा फर्काऊ भनेर आर्तनाद गरिरहेका छन् । इजरायलमा रहेको नेपालीको यकिन गरी घाइते भएकाको उपचारको व्यवस्था र नेपाल फर्काउन सरकारले तत्कालै युद्धस्तरमा काम गरोस्,” केसीले भने ।

राप्रपाकी सांसद अनिशा नेपालीले छिमेकी देश भारतले इजरायलमा रहेका आफ्ना नागरिकको उद्धार गरेको दाबी गर्दै नेपाल सरकारले बेवास्ता गरेको आरोप लगाइन् ।

जनमत पार्टीका सांसद अब्दुल खानले पनि उद्धार र राहतको व्यवस्था मिलाउन माग गरे ।

त्यस्तै, पूर्वमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले पनि उद्धार हुन चाहेकाहरूलाई सरकारले पहल गरेर नेपाल ल्याउन माग गरे ।

गएको शनिबार (असोज २० गते) हमासको आक्रमणबाट इजरायलमा १० नेपालीको मृत्यु भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro