site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुजुकीको दसैँ तिहार अफरमा धरानका ग्राहकले जिते १० ग्रामको सुनको सिक्का

काठमाडौं । धरानका राजु रिजालले सुजुकीको तर्फबाट १० ग्राम सुन जितेका छन् । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले दसैँ तिहारका अवसरमा ‘बाँडौँ खुसी चढौँ सुजुकी’ नामक अफर योजना ल्याएको छ ।

अफरअन्तर्गत कम्पनीले प्रत्येक १५ दिन मा देशभरका खरिदकर्तालाई समावेश गरी गरेको लक्की ड्रमार्फत उपहार दिने बताएको थियो ।

Dabur Nepal
NIC Asia

सोहीअनुसार सोमबार पहिलो बम्परमा राजु रिजालले १० ग्राम सुनको सिक्का जितेका हुन् । कम्पनीका अनुसार धरानका राजु रिजालले धरानमै रहेको नवदुर्गा अटो प्यालेस बाट एक्सेस १२५ सीसी बीएस ६ खरिद गरेका थिए ।

दसैँ तिहारका अवसरमा सुजुकीले मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँको पक्का छुट र सुजुकी ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार रुपैयाँसम्म छुट दिने बताएको छ ।

यस्तै, अन्य कुनै ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १० हजार रुपैयाँ थप मूल्यांकन पाइने र शून्य प्रतिशत फाइनान्सिङको सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।

अफर योजनाअन्तर्गत कम्पनीले हरेक १५ दिनमा लक्की ड्रमार्फत बम्परमा १० ग्राम सुनको सिक्का एकजना ग्राहकलाई उपलब्ध गराउने समेत बताएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro