site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इजरायल आक्रमणबाट नेपालीको मृत्युबारे यस्तो दूतावासको आधिकारिक जानकारी
तस्बिर : एजेन्सी ।

काठमाडौं । प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट इजरायलमा १० नेपालीको ज्यान गएको औपचारिक पुष्टि भएको छ । इजरालयमा रहेको नेपाली दूतावासले आतइबार राति एक विज्ञप्तिमार्फत दक्षिण इजरायलको किवुज अलुमिममा आक्रमणबाट १० जना नेपालीको निधन भएको जनाएको हो ।

मृतकको नामको सूचीको छिट्टै सार्वजनिक गरिने दूतावासले जनाएको छ । चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सम्पर्कविहीन रहेका एकजना नेपालीको खोजी कार्य भइरहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको बताएको छ । 

साथै इजरायलमा रहेका नेपालीलाई संयमता अपनाएर दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न आग्रह गरिएको छ ।

हमास समूहले शनिबार अचानक इजरायलयमा आक्रमण गरेको थियो । जसबाट ठूलो जनधनको क्षति भएको छ ।

Dutabas-1696787143.jpg

 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  २३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro