site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१९औँ एसियाली खेलकुद : नेपाललाई दुई पदक

काठमाडौं । चीनको हाङझाउमा सेप्टेम्बर २३ देखि सुरु भएको एसियाली खेलकुदको १९औँ संस्करण आइतबार समाप्त हुँदै छ । हाङझाउमा १६ दिनसम्म चलेको खेलकुदको यो महाकुम्भको समापन समारोह आज राति हुनेछ ।

चीनका राष्ट्रपति सी चिनफिङबाट उद्घाटन भएको एसियाडको समापनमा प्रधानमन्त्री लि छ्याङ उपस्थित हुनेछन् । एसियाडमा एसियाका ४५ देशहरुले सहभागिता जनाएका थिए । यस संस्करणमा ४० खेलका कुल ४८२ इभेन्टमा प्रतिस्पर्धा भएको थियो ।

यस संस्करणमा घरेलु टिम चीन पदक सूचीको शीर्ष स्थानमा रह्यो । चीनले २०१ स्वर्ण, १११ रजत र ७१ काँस्यसहित कुल ३८३ पदक घरमै राख्यो । यस्तै, दोस्रो स्थानको जापानले ५२ स्वर्ण, ६७ रजत र ६९ काँस्य जित्यो ।

तेस्रो स्थानको दक्षिण कोरियाले ४२ स्वर्ण, ५९ रजत र ८९ काँस्यपदक जितेको छ । यस्तै, चौथो स्थानको भारतले २८ स्वर्ण, ३८ रजत र ४१ काँस्यसहित १०७ पदक जित्यो ।

एसियाली खेलकुदको १९औँ संस्करणमा यी चार देशले मात्र १०० भन्दा धेरै पदक जिते । यस संस्करणमा सहभागी ४५ देशमध्ये ३८ देशले कम्तीमा एक काँस्यपदक जिते ।

सहभागी देशमध्ये ३२औँ स्थानमा आसिन नेपालले भने दुई पदकमात्र जित्यो । नेपालका लागि करातेकी एरिका गुरुङले रजत र महिला कबड्डी टिमले काँस्य जित्यो । २९ खेलमा २५३ खेलाडीले प्रतिस्पर्धा गरे पनि नेपालका लागि अन्यले पदक ल्याउन सकेनन् । महिला कबड्डी टिमले एसियाडको ‘डेब्यू’ मै काँस्य जितेको हो । नेपालले करातेमा पनि पहिलोपटक रजत पदक जितेको हो ।

एसियाली खेलकुदमा नेपालले समग्रमा तेस्रोपटक रजत जितेको हो । यसअघि, नेपालले सन् १९९८ मा थाइल्यान्डमा र २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा रजत जितेको थियो । १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडिङको टिमले नेपाललाई रजत दिलाएको थियो । एसियाडमा नेपालले हालसम्म स्वर्ण भने जित्न सकेको छैन ।

एसियाली खेलकुदमा नेपालले १७ वर्षपछि दोहोरो पदक जितेको हो । नेपालले पछिल्लोपटक सन् २००६ मा दोहामा भएको एसियाली खेलकुदमा तीन काँस्य जितेको थियो । त्यसयता नेपालले समान एक पदकमात्र जितेको थियो ।

एसियाली खेलकुदको इतिहासमा नेपालले हालसम्म तीन रजत र २३ कांस्यसहित कुल २६ पदक जितेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro