site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्थानीय तहका कर्मचारी लगातार प्रदर्शनमा
फाइल तस्बिर ।

काठमाडौं । स्थानीय तहमा कार्यरत कर्मचारीले आठौँ दिन पनि विभिन्न माग गर्दै आन्दोलन जारी राखेका छन् । आइतबार काठमाडौंको माइतीघरमा भेला भएर उनीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्नेलगायत माग राखेका छन् । अन्तरप्रदेश सरुवा, बढुवासहित उनीहरूका २० बुँदे माग छन् ।

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका उनीहरूले संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाएका छन् । स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई कुनै सेवामा प्रवेश गर्दा उमेरहद लगाउन नहुने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने उनीहरूका माग छन् ।

उनीहरूले ‘एकीकृत निजामती सेवा ऐन जारी गर’, ‘अन्तरप्रदेश सरुवा लागु गर’, ‘सेवा करारका कर्मचारीको उचित व्यवस्थापन गर’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro