site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मनसुन बाहिरिन अझै समय लाग्ने, आज काठमाडौंमा छिटपुट पानी पर्ने
काठमाडौं उपत्यकाको दृश्य । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालबाट मनसुन बाहिरिन अझै ‘केही दिन’ लाग्ने सम्भावना छ । आजभोलि नै मनसुन बाहिरिने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशबाट भने मनसुन पूर्ण रूपमा बाहिरिइसकेको छ । केन्द्रका मौसमविद् गोविन्द झाका अनुसार अरू प्रदेशमा मनसुन प्रणाली कायम छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अबका तीन दिनसम्म नेपालबाट मनसुन बाहिरिने सम्भावना नरहेको उनले बताए । “तुरुन्तै मनसुन बाहिरिने सम्भावना छैन । अझै केही दिन लाग्छ,” उनले बाह्रखरीसित भने, “अहिलेलाई अब तीन दिनसम्म मनसुन बाहिरिने देखिएको छैन ।”

नेपालमा हरेक वर्ष मनसुन भित्रने औसत मिति जुन १३ हो । अक्टोबर २ लाई मनसुन बाहिरिने औसत मिति मानिन्छ । यो वर्ष मनसुन बाहिरिन औसत मितिभन्दा ढिलो भइसकेको छ ।

Global Ime bank

महाशाखाका अनुसार आज कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै र मधेस र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

यस दिन काठमाडौंमा पनि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् झाले बताए । उनका अनुसार दिउँसो/अपराह्न ३/४ बजेतिर छिटपुट वर्षाको सम्भावना छ ।

“आज काठमाडौंमा क्षणिक छिटपुट वर्षाको सम्भावना छ । काठमाडौंमा सबैतिर हुँदैन, कतैतिर हुनसक्छ,” उनले भने, “अपराह्नतिर छिटपुट वर्षाको सम्भावना देखिन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ११:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement