site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१९औँ एसियाली खेलकुद : एरिकाले जितिन् रजत 

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत कराँतेमा नेपालकी एरिका गुरुङले रजतपदक जितेकी छन् ।

एरिकाले महिला ६८ केजी तौल समूहमा हङकङकी यान काइ होलाइलाई ८–४ ले पराजित गर्दै फाइलनमा स्थान बनाएसँगै रजत पक्का गरेकी थिइन् । स्वर्णपदकका निम्ति उनले कजाखस्तानकी सोफ्या बेर्लुस्सेभाको चुनौती भने पन्छाउन सकिनन् । उनी बेर्लुस्सेभासँग ३–० ले पराजित भइन् ।

rghm-1696680781.jpg

जारी एसियाडमा नेपाली खेलाडीले जितेको यो दोस्रो पदक हो । यसअघि, महिला कबड्डी टोलीले ‘डेब्यु’मै ऐतिहासिक कास्यपदक जितेको थियो ।

एसियाली खेलकुदको इतिहासमा नेपालले तेस्रोपटक रजतपदक जितेको हो । एसियाली खेलकुदमा नेपालले कराँतेमा भने पहिलो रजत जितेको छ । यसअघि, तेक्वान्दोबाट सविता राजभण्डारी र पाराग्लाइडिङ टिमले रजतपदक जितेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro