site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
करोडौँ असुल्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री मातहत राखियो : शर्मा
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद सुनील शर्माले प्रधानमन्त्रीले ठूला व्यापारीबाट करोडौँ असुली गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग आफ्नो कार्यालय मातहत राखेको आरोप लगाएका छन् ।

शनिबार सिंहदरबारमा सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा उनले चुनावी प्रयोजनका निम्ति करोडौँ रुपैयाँ असुली गर्न सो विभाग प्रधानमन्त्रीले आफ्नो मातहतको कार्यालयमा राखेको जिकिर गरेका हुन् ।

सांसद शर्माले देशमा कानुनमाथि टेकेरै अपराध गर्ने काम भइरहेको भन्दै आक्रोश व्यक्त गरे । उनले क्यासिनो सञ्चालनका निम्ति तोकिएको रकमको सीमाको दायरा बढाउने गरी कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

“यो सम्पत्ति शद्धीकरण भन्नेचाहिँ प्रधानमन्त्री कार्यालयमा लगेर राखिएको छ के ! यो किन राख्या भने’नि माल खानका लागि राखेको हो ! चुनावका बेला प्राइममिनिस्टर जोसुकै भए पनि प्राइममिनिस्टरहरूले ठूला व्यापारीहरूलाई ट्वाक्क चिठी काट्ने । छापा हान्न पठाउने,” उनले भने, “अनि, माल यति करोड भनेर लिने, अनि चुनाव लड्ने । यो देश यस्तो अपराधीकरण भएको छ कानुनमा टेकेर ।”

अर्की सांसद नागिना यादवले देशको हित हुने गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन निर्माण गर्नुपर्ने बताइन् । उनले नेपाल पर्यटन र रेमिट्यान्समा आधारित मुलुक भएको उल्लेख गरिन्े । पर्यटकका निम्ति उपयोगी हुने खालका कानुन निर्माणमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिइन् ।

“फलानो कन्ट्रीले हामीलाई के गर्छ ? फलानो कन्ट्रीको हितमा भएन भनेर हामीले सोच्ने होइन । हामीले आफ्नो देश बनाउने हो । अर्काको देशलाई हेर्ने होइन । आफ्नो देश बनाउनेतिर जानुपर्छ भन्ने मेरो मान्यता हो,” उनले भनिन्, “त्यसकारण मैले राष्ट्र बैंकको मनिटरिङ पोलिसीमा पाँच हजार डलरको जुन प्रावधान छ, त्यसको दायरा बढाउनुपर्छ क्यासिनो खेल्नका लागि । हाम्रो कन्ट्री पर्यटन र रेमिटयान्समै आधारित देश भएको भएर यसको इकोनोमीलाई अगाडि बढाउनका लागि यो व्यवस्था गर्नुपर्छ भन्ने मलाई लाग्छ ।”

सांसद यादवले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई यथास्थितिमा पारित गराउने पक्षमा आफूहरू नरहेको पटकपटक दोहोर्‍याइन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro