site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुरेश तिमल्सिनाको गजल 
Tiktok banner adTiktok banner ad

जे नहुनु थियो त्यो भैसक्यो, अब केही हुनु छैन ।
प्रिया न बल्झाउ त्यो घाउ, मलाई फेरि रुनु छैन ।

तिमी आउँछौ भनेर कुर्दै मेरा कैयौँ दिनहरू बिते । 
मलाई फेरि बिछोडपछिको कुनै मिलन छुनु छैन । 

देखेका हर सपना विपनामा कहाँ पूरा हुन्छ र ? 
अधुरो सपनामा आँसु बगाएर फेरि पनि धुनु छैन ।

सधैँ यहीँ मुटु मात्रै ढोका खोलेर बस्छ तिम्रा लागि 
याद गर मेरो मनबाहेक, तिम्रो अर्को कुनै कुनु छैन ।

त्यसैले आऊ अब अन्तिमपटक प्रयास गरी हेरौँ 
वार कि पार हुन्छ बरु, तर तिम्ले झैँ कुरा दुनु छैन ।

बस् आँखामा आँखा जुधाएर वास्तविकता त भन 
फैसला यही भए तिमीसँग, ताते ताते अनि नुनु छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro