site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कजारिया रमेश टाइल्सको लागि वित्तीय कन्सोर्टियम सम्झौता

काठमाडौं । कजारिया सेरामिक्स लिमिटेड र रमेश कर्पबीच नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन ५०ः५० को संयुक्त लगानी कजारिया रमेश टाइल्स लिमिटेडको वित्तीय कन्सोर्टियम सम्झौता भएको छ । करिब चार अर्बको परियोजनाका लागि तीन अर्बको पर्याप्त लगानी कोष सफलतापूर्वक प्राप्त गरेको बताइएको छ ।

यो सम्झौता एभरेष्ट बैंक लिमिटेडको नेतृत्वमा नबिल बैंक लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडलगायत अन्य तीन प्रमुख वित्तीय संस्थाहरूसँगको सहकार्यमा भएको हो ।

Dabur Nepal
NIC Asia

यो सम्झौतामा रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले हस्ताक्षर गरेका छन् ।

नेपाललाई भिट्रिफाइड टाइल्स र सेरामिक उत्पादनमा आत्मनिर्भर बनाउने दूरदर्शी प्रतिबद्धताका साथ कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमा टाइल उत्पादनको लागि ग्रिनफिल्ड परियोजना सुरु गरेका छन् । यो उद्यम कजारिया सेरामिक्स, भारतको अग्रणी र विश्वको सातौँ सबैभन्दा ठूलो टाइल उत्पादकसँग ५०ः५० को संयुक्त लगानी उद्यमको रूपमा सञ्चालन गरिएको छ ।

यो परियोजना नेपालभित्र उच्च गुणस्तरको कजारिया टाइल्स उत्पादन गर्न समर्पित रहने बताइएको छ । नवलपरासी क्षेत्रमा अवस्थित अत्याधुनिक उत्पादन उद्योग ८० लाख वर्गमिटरको उत्पादन क्षमता भएकोे नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन गर्ने उद्योग हुने पनि कम्पनीको भनाइ छ ।

कम्पनीको लक्ष्य उच्च गुणस्तरको प्राविधिक विशेषता मिश्रित उत्कृष्ट डिजाइनका कजारिया फ्लोर टाइलहरू नेपाली जनतामाझ सहज रूपमा उपलब्ध गराएर नेपाली जनताको जीवनलाई समृद्ध बनाउनु रहेको पनि बताइएको छ ।

कजारियाका गुणस्तरीय उत्पदानहरू सबैका लागि थप किफायती बनाउने लक्ष्य राखेका छन् । यो २०२४ मार्चसम्ममा पूर्ण रूपमा कारखाना सञ्चालनमा आउने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro