site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जातीय द्वन्द्व गर्न सरकारले उक्साइरहेको छ : सांसद सिंह
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले सरकारले जातीय द्वन्द्वका लागि उक्साइरहेको बताएका छन् ।

शुक्रबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद सिंहले सरकारले नै जातीय द्वन्द्वका लागि उक्साइरहेको बताए । उनले प्रधानमन्त्री स्वयंले जातीय लडाइँ लड्न आग्रह गरेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जनप्रतिनिधिले चाहेको भए धरानको घटनालाई रोक्न सक्ने भन्दै उनले सरकार यस्तो घटनाहरुमा मौन बसेको बताए । प्रधानमन्त्रीले नेपाली–नेपालीका बीचमा काटमार गराउन खोजेको हो ? भन्दै उनले प्रश्न समेत गरे ।

“हामी छौँ, लाग जातित्वको लडाइँमा, लड भनी स्वयं प्रधानमन्त्रीज्यूले भन्नुभएको छ । जनप्रतिनिधिहरुले चाहेको भए रोक्न सक्थ्यो धरानको त्यो घटना । प्रतिवेदन सुनेर चुप लागेर मौन समर्थन गर्नुभयो,” उनले भने, “आज यो दिन आइराखेको छ । गाईलाई लक्ष्मीको रुपमा, आमाको रुपमा लिइन्छ हाम्रो देशमा । खुलेआम वध गरिकन मिडियाबाट भोज भतेर मनाउँछौ, हामी ७८ जिल्लामै काट्छौँ भनेर यो गर्दा सरकार चुप लागेर बस्छ ।”

सांसद सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टी धार्मिक, सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम गर्ने पक्षमा रहेको र नेताहरुले सोहीअनुसारका अभिव्यक्ति दिइरहेका स्पष्ट पारे ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्