site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
ट्विटरले समाचारको लिंक र हेडलाइन नदेखिने बनायो

काठमाडौं । ट्विटर, हालको एक्सले त्यसमा पोस्ट गरिने लेख तथा समाचारको लिंक र हेडलाइन नदेखिने बनाएको छ । एक्सका मालिक एलन मस्कले हेडलाइन र लिंकबिनाको फोटो मात्रै राम्रो देखिने भन्दै यस्तो गरेको टिप्पणी गरेका छन् ।

गत अगस्टमा नै मस्कले यसबारे बोल्दै यसले प्लेटफर्म झनै राम्रो देखिने बताएका थिए । तर, यो परिवर्तनले एक्समा पोस्ट गरिएको फोटो र त्यसको हेडलाइनबीचको भिन्नता भने थाहा नहुने भएको छ ।

लिंक वा समाचार केबारे हो भनेर थाहा पाउन क्याप्सनमा लेखिएको हुनुपर्नेछ या फोटोमा क्लिक गरेर लिंक खोलेपछि मात्रै थाहा हुनेछ ।

मस्कले नागरिक पत्रकारिता सुन्दर भविष्यको बाटो भएको टिप्पणी गरेका छन् ।

यो परिवर्तनले मानिसहरुले एक्समै लेखिएको जानकारी पाउँदा अन्य समाचार वेबसाइटको लिंकमा क्लिक गर्ने सम्भावना कम पारेको छ । यसले एक्सलाई भने प्रयोगकर्ता आफ्नै प्लेटफर्मममा राख्न मद्दत पुग्नेछ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro