site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारले कैयौँ गल्ती गरेको छ : महामन्त्री शर्मा
फाइल तस्बिर

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कयौं विषयमा गल्ती गरिरहेको टिप्पणी गरेका छन् । महामन्त्री शर्माले जघन्य अपराधमा संलग्न व्यक्तिलाई आममाफी दिएकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै अब त्यस्ता गल्ती नगर्न सचेत गराए । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै शर्माले आन्दोलनरत शिक्षकहरूको सबै मागलाई पूरा हुने गरी सो विधेयक परिमार्जन गर्न पनि सरकारसँग आग्रह गरे । उनले सरकारले सदनमा पेस गरेको सो विधेयकलाई युग सुहाउँदो  परिमार्जन गर्न सत्ता पक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्नेमा जोड दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“जघन्य अपराधमा संलग्न व्यक्तिलाई सरकार आममाफीको प्रक्रियाबाट छोड्दै छ । त्यसैले त्यसप्रति पनि म ध्यानाकर्षण गराउन चाहन्छु । विद्यालक बनाएर मात्रै, कानुन बनाएर मात्रै समाज सुन्दर बन्दैन । त्यसको कार्यान्वयन गर्ने सरकार कति गम्भीर बन्छ, त्यसलाई कार्यान्वयन गर्ने समाजले त्यसलाई कति गम्भीर रूपमा लिन्छ ?,” उनले भने, “म अपिल र आग्रह गर्न चाहन्छु, सरकार कयौं निर्णयहरूमा जुन कमजोरी गरिरहेको छ, यो विषयमा गल्ती नगरोस् । शिक्षक आन्दोेलनमा जे भएको थियो । त्यसले प्रस्तुत गरेको एकएक बुँदामा किन्तु, परन्तु केही पनि नगरी राहत शिक्षकहरूले समेत राखेका भावनालाई सम्बोधन गरेर यसलाई संशोधनको अंग बनाउनु पर्छ ।” 

महामन्त्री शर्माले विगतमा गरिएको गल्तीबाट पाठ सिकेर सरकारले विद्यालय शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । 


 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्