site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सहकारीपीडितलाई सम्पर्कमा आउन अनुरोध

काठमाडौं । ललितपुरस्थित देउराली बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

आफ्नो रकम हिनामिना भएको भए व्यहोरा उल्लेख गरी उजुरी दिन सीआईबीले बचतकर्तामा अनुरोध गरेको हो । संस्थाका अध्यक्षसहित पदाधिकारीले नै रकम हिनामिना गरेको जाहेरीका आधारमा प्रहरीले उक्त सहकारीका अध्यक्ष काभ्रेपलाञ्चोक निवासी रवीन्द्र चौलागाईंलाई पक्राउ गरेको छ ।

सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले अहिलेसम्म पीडितबाट  साढे चार करोड रुपैयाँ ठगी भएको भनेर उजुरी प्राप्त भएको बताए । बाँकी कोही पीडित छन् भने सम्पर्कमा आउनका लागि सूचित गरिएको उनले जानकारी दिए ।

उक्त सहकारीका पदाधिकारीले निक्षेपकर्तालाई आकर्षक ब्याज दिने प्रलोभन देखाई तिनको रकम मुद्दती, निक्षेप, आवधिक, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएर अध्यक्षसहितले हिनामिना गरेका थिए ।

सहकारीबाट मासिक, त्रैमासिक र वार्षिक रूपमा ब्याज पाइने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवाब्याज फिर्ता पाइने विश्वासका साथ बचतकर्ताले रकम जम्मा गरेका थिए । तर, बचत गरिएको रकमको साँवाब्याज फिर्ता नदिई हिनामिना गरेपछि पीडित प्रहरीसमक्ष आइपुगेका थिए । पटक–पटक ताकेता गर्दा पनि फिर्ता नदिएर आफ्नो निक्षेप जोखिममा पारेपछि पीडितले उजुरी दिएका प्रहरीले जनाएको छ ।

अहिलेसम्म प्राप्त उजुरीमा चार करोड ५० लाख रुपैयाँ अपचलन र हिनामिना गरेको उल्लेख रहेको सीआईबीका प्रहरी उपरीक्षक अधिकारीले बताए । सीआईबीले तुलसी सहकारी, शिवशिखरलगायत विभिन्न सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि अनुसन्धान गरिरहेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro