site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली टिमले राजस्थान रोयल्सको एकेडेमीमा प्रशिक्षण गर्ने
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले इन्डियन प्रिमियल लिग (आईपीएल)को टिम राजस्थान रोयल्सको एकेडेमीमा प्रशिक्षण गर्ने भएको छ ।

नेपाली क्रिकेट टिमले आसन्न ट्वान्टी–२० विश्वकपको तयारीका लागि भारतको नागपुरमा १० दिन ‘हाई पफर्मेन्स’ प्रशिक्षण गर्ने भएको हो । त्यसका निम्ति नेपाली टिम आजै भारत गएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

ट्वान्टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोट यही अक्टोबर ३० देखि नेपालमा नै हुने तालिका छ । प्रतियोगितामा कुल आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टिम सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी–२० विश्वकपमा छनोट हुनेछन् ।

नेपाली टिम चीनमा जारी एसियाडमा सहभागी भएर बिहीबार मात्र स्वदेश फर्किएको थियो । नेपालले एसियाडको पुरुष क्रिकेटमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । अन्तिम–८ को खेलमा भारतसँग पराजित भएपछि नेपालको यात्रा समाप्त भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro