देश
काठमाडौं । अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा परिवर्तन गाउँपालिका–२ का ३१ वर्षीय रवि घर्ती मगर छन् ।
मगरले ९० हजारभन्दा बढी तलब हुने भन्दै विभिन्न व्याक्तिबाट लाखौँ रकम असुल गरेको प्रहरीले जनाएको छ ।
रकम असुलपछि सम्कर्पविहीन भएका मगरलाई उपत्यका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८० १९:०७
प्रतिक्रिया दिनुहोस्