site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
युवालाई देशभित्रै रोजगारीको क्षेत्र खोजेर तालिम दिनुपर्छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिँदो अवस्थालाई मध्यनजर राखेर देशभित्रै रोजगारी सिर्जना गर्ने र सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिनुपर्ने बताएका छन् ।

स्थापनाको नवौँ वर्ष पूरा भएको अवसरमा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आयोजना गरेको सीपमूलक तालिमका सम्भावना र योजना विषयक नीतिगत छलफल कार्यक्रम डा. महतले यस्तो सुझाव दिएका हुन् । उनले भने, “नयाँ प्रविधि भित्रिरहेको छ, त्यसलाई पनि मध्यनजर राखेर सरकार, गैरसरकारी र निजी क्षेत्रलाई एकमुष्ठ बनाएर सम्भावना खोज्दा राम्रो हुनेछ ।”

Dabur Nepal
NIC Asia

नेपालमै रोजगारी सिर्जना गर्नु राष्ट्रिय महत्वको विषय भए पनि यसको आलोचना र समालोचना दुवै हुने गरेको महतले बताए । भने, “ठूलो संख्यामा युवाहरु विदेशिएका छन् । विदेशिएका युवाहरु पनि दक्ष छैनन् । दक्ष हुँदा जति आम्दानी हुन्थ्यो, त्यो अवस्था रहँदैन ।”

बदलिँदो परिस्थितिअनुसार अहिलेको माग के छ, औपचारिक शिक्षाभन्दा पनि विशेष आवश्यकता के छ ? तत्काल रोजगार सिर्जना गर्ने अवसर कहाँ कहाँ छ ? त्यसलाई मध्यनजर गरेर व्यावसायिक तालिमलाई विस्तार गर्न मन्त्री महतले सुझाव दिए ।

“देशभित्रै ठूलो संख्यामा मानव संसाधनको अभाव खड्किरहेको भए पनि हरेक मानिसलाई विकल्प रोज्ने अधिकारबाट बञ्चित गरिनु हुँदैन,” उनले भने, “अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षकसमेत आवश्यकताअनुसार निवेदन परेको छैन ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro