site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यूएईका लागि नेपाली राजदूत क्षेत्रीले पेस गरे ओहदाको प्रमाणपत्र

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।

यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसमक्ष पेस गरेका छन् ।

बुधबार राष्ट्रपति कार्यालय कसर अल वाटनमा आयोजित विशेष समारोहमा राष्ट्रपति नाह्यानसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

क्षत्रीलाई भदौ ११ मा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यूएईका लागि गैरआवासीय राजदूत नियुक्त गरेका थिए । नियुक्तिको एक महिनापछि असोज ११ मा कार्यभार सम्हाल्न अबुधाबी पुगेका हुन् ।

ओहदाको प्रस्तुतिपछि राजदूत क्षेत्रीले राष्ट्रपति नाह्यानलाई समकक्षी नेपालका राष्ट्रपति पौडेलको शुभकामना सन्देश सुनाएका थिए । शुभकामना सन्देशमा पौडेलले राष्ट्रपति नाह्यानको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै यूएईको निरन्तर शान्ति, उन्नति र समृद्धिको कामना गरेका छन् ।

राजदूत क्षेत्रीले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई मित्र राष्ट्रबीच कायम रहेको द्विपक्षीय सम्बन्धको उत्कृष्ट अवस्थाबारे प्रकाश पार्दै नेपाली नागरिकका लागि यूएई सबैभन्दा आकर्षक गन्तव्य भएको बताए ।

नेपालीलाई विश्वास गरेर रोजगारीमा सम्मानजनक व्यवहार गरिएकोमा उनले यूएई सरकारलाई धन्यवाद दिए । नेपाल र यूएईबीच धेरै क्षेत्रमा मिलेर काम गर्ने सम्भावना रहेको उल्लेख गर्दै राजदूत क्षेत्रीले इमिरेटी जनता र सम्पूर्ण मानवताको हितका लागि राष्ट्रपतिको दूरदर्शी नेतृत्वको प्रशंसा पनि गरे ।

राष्ट्रपति नाह्यानले यूएईका लागि नेपालको राजदूतका रूपमा क्षेत्रीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

नेपाली समकक्षी पौडेलको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै नेपालका मित्रजनको उत्तरोत्तर प्रगतिको कामना गरे । यूएईका राष्ट्रपति नाह्यानले द्विपक्षीय सम्बन्धको उत्कृष्ट अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा थप मजबुत हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro