site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नर्वेजियन लेखक जोन फोसेलाई साहित्यतर्फको नोबेल पुरस्कार

काठमाडौं । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक जोन फोसेल पाएका छन् ।

स्वीडेनको राजधानी स्टकहोममा रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले बिहीबार फोसेलाई नोबेल पुरस्कार प्रदान गरेको हो ।

उनका आधुनिक लेखन कला र गद्यले अव्यक्तलाई आवाज दिएको एकेडेमीले जनाएको छ । जोन फोसेले लेखेका उपन्यासको शैली ‘फोस मिनिमलिज्म’ भनेर चिनिने बताइएको छ ।

यसै हप्ताको मंगलबार यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पियरे अगोस्टिनी, फेरेन्क क्राउज र एनी लुहुलियरलाई प्रदान गरिएको थियो ।

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोभिड–१९ विरुद्धको एमआरएनए खोप विकासमा योगदान गर्ने दुई वैज्ञानिक क्याटालिन कारिको र ड्र्यू वेइसम्यानलाई प्रदान गरिएको छ ।

अब दुई नोबेल पुरस्कार घोषणा हुन बाँकी छन् । स्टकहोममा शुक्रबार शान्तितर्फको पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ । अर्थशास्त्रतर्फको पुरस्कार भने अक्टोबर ९ मा घोषणा गरिने छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro