site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्लाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाऔँ : सांसद सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संसद्लाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाउन आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद् बैठकमा राजनीतिक कुराहरू र एकले अर्कोलाई आरोप–पत्यारोप गर्ने कुराहरू मात्रै हुन थालेको भन्दै त्यसो गर्नु नहुने बताए ।

उनले संसद्ले कानुन बनाउने कुराभन्दा राजनीतिक कुराहरूमा नै समय खर्च गरेको भन्दै अब संसद् र सांसदहरू जिम्मेवार हुनुपर्ने बताए । संसद्लाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाउन सांसदहरूलाई आग्रह गरे ।

संसद्भित्र जनताका कुराहरू, संविधान र कानुन निर्माणका कुराहरूलाई जोड दिइनुपर्ने बताए । राजनीतिक कुराहरू सर्वदलीय बैठक गरेर भन्ने गर्नुपर्ने बताए । सांसद सापकोटाले संसद्लाई राजनीतिक कुण्ठा व्यक्त गर्ने थलो बनाउनु नहुने बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro