site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
'गठबन्धनको सरकार सामाजिक न्यायविपरीत हिँड्यो'
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरूले वर्तमान गठबन्धनको सरकार सामाजिक न्यायविपरीत हिँडेको बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्यहरूले सरकारले नागरिकका पीडालाई मलम लगाउने भन्दा पनि थप पीडा थप्ने काम गरेको बताएका हुन् ।

उनीहरूले पछिल्लो समय सरकारले गरेको गतिविधि न्याय र संविधानविपरीत रहेको पनि आरोप लगाएका छन् । उनीहरूले सरकारले भ्रष्टाचारलाई निर्मूल बनाउने भने पनि भ्रष्टाचार मौलाउँदै गएको बताए ।

राष्ट्रिय सभा सदस्य विना पोखरेलले विकास निर्माणका काममा ढिला सुस्ती र ठेक्कापट्टाको नाममा कमिसन, मन्दिरको भेटीमा घोटला, कर छली, करको दर हेरफेरमा चलखेल, हरेक वर्ष अरबौँको बेरुजु र राजनीतिक मेलमिलाप रहेको बताइन् । उनले सरकारले भष्टाचार गर्नेलाई राजनीतिक संरक्षण दिएसम्म भष्टाचारको अन्त्य हुन नसक्ने बताक्षन् । उनले राजनीतिक स्वच्छ नबनेसम्म मुलुकको भष्टाचारको जालो उखेल्न नसकिने अवस्था रहेको पनि बताइन् ।

पछिल्लो समय नेपाली समाजले समेत भ्रष्टाचारलाई प्रोसाहित गरिहेको उनको तर्क छ । नेपालको निर्वाचन प्रणाली अत्यन्तै महँगो भएको भन्दै उनले निर्वाचन एउटा पर्व भए पनि ठूलो व्यापार जस्तो बनेको दाबी गरिन् ।

"निर्वाचन आयोगले जतिसुकै अंक तोके पनि सीमाभित्र रहेर कसैले निर्वाचन लड्न सक्दैन । निर्वाचन एउटा पर्व हो, तर ठूलो व्यापार जस्तो बनेको छ । निर्वाचन प्रणालीलाई सुधार गरेर समानुपातिक प्रणाली लागु गर्ने हो भने राजनीतिक भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ," पोखरेलले भनिन् । 

राष्ट्रिय सभा सदस्य कुमार दसौँदीले कोसी प्रदेशको नाम राखेपछि पहिचानका नाममा सत्ताधारी दलहरूले भित्रभित्रै उचाल्ने गर्ने काम गरेको बताए । उनले सत्ता गठबन्धनले उचाल्दा उचाल्दै त्यो कोसी धरान, सर्लाही हुँदै नेपालगञ्जसम्म जातजाती नभएर धार्मिक युद्ध हुने अवस्थामा मुलुक पुगेको बताए । सरकारको कमजोरीको कारण संविधान र अहिलेको व्यवस्थामाथि प्रश्न उठिरहेको उनको भनाइ छ ।

उनले २९ जनाले न्यायाधीशका लागि परीक्षा दिँदा एकजना मात्रै पास हुने तर न्यायाधीश नियुक्त उनीहरूबाट नै छनोट भएकोप्रति आपत्ति जनाए ।

"२९ जनाले न्यायाधीशका लागि परीक्षा दिँदा एकजना मात्रै पास हुन्छन् । तर, न्यायाधीश सबैले बुझ्छन् । हामीले चलाउन खोजेको व्यवस्था यही हो ? हाम्रो संविधानले यही भन्छ ? सरकारले यस्ता अलोकतान्त्रीक निर्णयहरू किन गर्छ ? द्वन्द्व बढाउन सरकार किन चाहन्छ ?," उनले भने । 

त्यस्तै, राष्ट्रिय सभा सदस्य तुलसा कुमारी दाहालले सरकारले संविधान दिवसको दिन ऐतिहासिक काम गरे भने पनि गलत काम गरेको बताइन् । उनले फौजदारी अपराधमा संलग्न व्यक्तिहरूलाई एसिड आक्रमण गर्ने व्यक्तिहरूलाई खुकुरी प्रहार गर्ने अपराधीलाई आममाफी दिने काम गरेको भन्दै त्यस्तो गर्नु संविधान र कानुनको बर्खिलाप भएको बताइन् । उनले सरकार आफैँले संविधान र कानुनको औचित्य रहेको पुष्टि गर्न खाजेको आरोप लगाइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro