site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सामान्य विवादमा १७ वर्षीय सनिमाथि भएको थियो चक्कु प्रहार

काठमाडौं । दुई पक्षबीच सामान्य विवादका कारण चक्कु प्रहार हुँदा ओखलढुंगाको लिखु गाउँपालिका–४ का १७ वर्षीय सनि कार्कीको ज्यान गएको अनुसन्धानबाट खुलेको छ ।

इन्द्रजात्रा हेर्न कार्कीसहितका ४/५ जना साथीहरू वसन्तपुर पुगेका थिए । वसन्तपुरमै आएका १९ वर्षीय अरबिन ठकुरीबीच सुरुमा सामान्य विवाद भयो ।

Dabur Nepal
NIC Asia

दुवै समूहले मादकपदार्थ सेवन गरेको काठमाडौं प्रहरीले जनाएको छ । सोही सामान्य विवादमा ठकुरीसहितका समूहले कार्कीमाथि अन्दाधुन्दा चक्कु प्रहार गरेको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

ठकुरीको समूहले कार्कीलाई हिरो बन्न खोज्ने भन्दै चक्कु प्रहार गरेको प्रहरीको भनाइ छ ।

चक्कु प्रहारबाट घाइते भएका कार्कीको उपचारको क्रममा महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टरमा सोमबार मृत्यु भएको थियो ।

घटनामा संलग्नलाई काठमाडौं प्रहरीको विशेष टोलीले मंगलबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ललितपुर नागबाहल बस्ने १९ वर्षीय अरबिन ठकुरी, २० वर्षीय सोनिया श्रेष्ठ खड्गी, ललितपुर एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्गी, मकवानपुर हेटौंडाका १९ वर्षीया भूमि मल्ल छन् । प्रहरीले अरबिनलाई चक्कुसहित पक्राउ गरेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro