site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसियाली खेलकुदको 'डेब्यू'मै महिला कबड्डी टिमलाई पदक

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपाली टिमले कम्तीमा काँस्यपदक पक्का गरेको छ । बुधबार महिला कबड्डीअन्तर्गत समूह 'बी'को खेलमा इरानले बंगलादेशलाई ५६-१६ को फराकिलो स्कोरमा हराएसँगै नेपालले कम्तीमा काँस्य निश्चित गरेको हो ।

इरानको यो जितसँगै नेपालले समूह उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको छ । सेमिफाइनल पुग्ने टिमले काँस्य पाउने हुँदा नेपालले पनि पदक निश्चित गरेको हो ।

नेपालले एसियाली खेलकुदको महिला कबड्डीमा पहिलोपटक सहभागिता जनाएको हो । नेपालले यसअघि समूह चरणको पहिलो खेलमा बंगलादेशलाई ३७-२४ ले हराएको थियो ।

नेपालले एसियाडमा २९ खेलमा सहभागिता जनाएको भए पनि यो पहिलो पदक हो । नेपालबाट २९ खेलका २५३ खेलाडी एसियाडमा प्रतिस्पर्धा गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro