site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्युरोडमा १७ वर्षीय किशोरलाई छुरा हानेर हत्या गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं । प्रहरीले इन्द्रजात्राको क्रममा काठमाडौंको न्युरोडमा गए राति धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ ।

सोमबार राति सवा १० काठमाडौं महानगरपालिका–१७ स्थित हनुमानढोका परिसर अगाडि ओखलढुङ्गाको लिखु गाउँपालिका–४ का १७ वर्षीय सनि कार्कीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले २२ वर्षीय सन्देश खड्गी र २० वर्षीया सोनिया श्रेष्ठ खड्गीलाई सोमबार नै पक्राउ गरेको थियो । उनीहरूलाई घटनास्थलबाट भाग्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

१९ वर्षीया भूमि मल्ल र १९ वर्षीय अरबिन ठकुरीलाई भने आज पक्राउ गरिएको हो । उनीहरूलाई घटनामा प्रयोग भएको चक्कुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीले सन्देश र सोनिया श्रेष्ठमाथि ६ दिन र  भूमि र अरबिनमाथि पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

प्रहरीका अनुसार सनि धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मनोमोहन कार्डियो अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  २२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro