site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गणपूरक संख्या नपुग्दा विद्युत् विधेयक सदनमा पेस भएन

काठमाडौं । प्रतिनिधिसभामा गणपूरक संख्या नपुग्दा विद्युत् विधेयक, २०८० पेस हुन सकेन । मंगलबारको प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विधेयक पेसको प्रस्ताव गरेका थिए ।

तर, निर्णयार्थ प्रस्तुत गर्ने समयमा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्याको प्रश्न उठाएपछि गणना गरिएको थियो । गणपूरक संख्या पुग्न ६९ हुनुपर्नेमा ६६ मात्रै सांसद उपस्थित भएपछि संसद्मा प्रस्ताव निर्णयार्थ पेस हुन सकेन ।

त्यसअघि, सांसद सुवालले नै प्रस्ताव पेस गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दर्ता गराएका थिए । उक्त विरोधको सूचना बहुमतले अस्वीकृत गरेको थियो ।

गणपूरक संख्या नपुगेपछि संसद्को बाँकी कार्यसूची अघि बढ्न सकेन । सभामुख देवराज घिमिरेले बैठक स्थगन गर्दै असोज १८ गते दिउँसो १ बजेका लागि अर्को बैठक बोलाएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro