site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कबड्डीमा नेपाल इरानसँग पराजित, ब्याडमिन्टनकी रसिला अन्तिम–१६ मा

काठमाडौं । हाङझाव एसियाडको महिला कबड्डीमा नेपाली महिला टिम समूह चरणको दोस्रो खेलमा पराजित भएको छ । मंगलबार चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको समूह ‘बी’को आफ्नो दोस्रो खेलमा नेपाल साविक विजेता इरानसँग ४३–१९ ले पराजित भएको हो ।

नेपाल पहिलो हाफमा १९–११ ले पछि परेको थियो । इरानले दोस्रो हाफमा पनि अग्रता लिने क्रममा २४–८ स्कोर गरेको थियो । समूह ‘बी’मा नेपाल र इरानसहित बंगलादेश गरी तीन राष्ट्र छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा भने बंगलादेशलाई ३७–२४ ले हराएको थियो ।

बुधबार हुने समूह ‘बी’को अन्तिम लिगमा इरानले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छ । त्यो खेलमा इरान विजयी भए नेपालले एसियाडको महिला कबड्डीतर्फ पहिलो सहभागितामै सेमिफाइनलमा स्थान बनाउदै कम्तीमा कांस्य पदक पक्का गर्ने छ ।

ब्याडमिन्टनमा रसिला प्रि–क्वार्टरफाइनलमा

ब्याडमिन्टनको महिला सिङ्गल्समा नेपालकी रशिला महर्जन मंगलबार प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् ।

बिन्जियाङ जिम्न्याजियममा भएको प्रतिस्पर्धामा रशिलाले मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४, २१–७ को सोझो सेटमा पराजित गरिन् । खेल १५ मिनेट चलेको थियो ।

यो स्पर्धासहित मंगलबार नेपालले चार स्पर्धामा प्रतिस्पर्धा गरेको थियो । बाँकी तीन स्पर्धामा भने नेपाल पराजित भयो ।

महिला सिङ्गल्समै थाइल्यान्डकी पोर्नपावीले नेपालकी अनुमाया राईलाई सिधा सेटमा २१–१० र २१–४ ले हराइन् ।

महिला डबल्समा चाइनिज ताइपेईंका चिङ या सु र चिन वान लिनको जोडीले नेपालका निता लम्साल र नङशल तामाङको जोडीलाई २१–१ र २१–५ तथा इन्डोनेसियाका द्विपुजी कुसुमा फेब्रियन र काहाया प्रतिवी अमालियाको जोडीले नेपालका रशिला महर्जन र अनुमाया राईको जोडीलाई २१–३ र २१–७ को सोझो सेटमा पाखा लगाए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro