site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘ब्याटिङमा सुरुआत सोचेजस्तो भएन’
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग हार बेहोरेपछि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले ब्याटिङमा सुरुआत सोचेजस्तो नभएको बताएका छन् ।

मंगलबार चीनको झेजाङ प्राविधिक विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको थियो । भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७९ रनमात्र बनाउन सक्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

“ब्याटिङमा सुरुआत हामीले सोचेजस्तो भएन । तर, अन्तिममा जुन हिसाबले दीप्पी दाइ र जोराले ब्याटिङ गर्नुभयो । अन्त्यमा, करण दाइले पनि राम्रो गर्नुभयो । सुरुआतमा राम्रोसँग खेलेको भए नतिजा जे पनि हुन सक्थ्यो । समग्रमा खेलको सिनारियो हेर्दा धेरै सकारात्मक कुराहरु थिए,” कप्तान रोहितले भने ।

रोहितले मध्यक्रममा दीपेन्द्र र सन्दीप जोराले ब्याटिङ गरिरहँदा नेपाली डगआउटमा जितिन्छ भन्ने बलियो भावना रहेको समेत बताए ।

Global Ime bank

“विकेट हेर्दा स्पिनरलाई सहयोग गरिरहेको थियो । उता सात–आठजना लेफ्टी थिए । त्यतिबेला अफ स्पिनरले अझ प्रभावकारी बलिङ गर्न सक्छ जस्तो लाग्यो । त्यसैले म बलिङमा गएको हो,” उनले भने, “फिल्डिङमा अझ राम्रो गर्न सक्थ्यौँ । जुन हाम्रो स्तर थियो, त्यसअनुरुपको प्रदर्शन भएन । कुनै दिन अफ भइहाल्छ । तर, पनि हामीले चेज गर्न सक्ने मौका थियो । मध्यक्रममा जोरा र दीप्पी दाइले खेल्दा डगआउटमा हामीमा जितिन्छ भन्ने थियो । दुईजनामध्ये एकजना अन्तिमसम्म बसेको भए नतिजा जे पनि हुन सक्थ्यो ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement