site stats
बाह्रखरी :: Baahrakhari
खेल
धरानलाई हराउँदै जलपाइगुडी क्वाटरफाइनल प्रवेश

काठमाडौं । सातौँ मानेभञ्ज्याङ गोल्डकपमा बीएससी जलपाइगुडीले विजयी सुरुआत गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा पानवारी एफसी धरानलाई ३–१ गोल अन्तरले हराउँदै जलपाइगुडीले अन्तिम ८ मा स्थान बनाएको हो ।

Argakhachi Cement Island Ad

जलपाइगुडीको जितमा स्टेफेन समिरले दुई गोल र करण राईले एक गोल गरे । धरानका पदम भट्टराईले सान्त्वना गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा चार गोल गरे । दुवै टिममा सहिद स्मारक ए डिभिजन लिग खेलेका खेलाडीहरूको बाहुल्यता रहेको थियो ।

प्रतियोगिताको दोश्रो प्रि–क्वाटरफाइनल खेलमा रेडहर्स इलाम र चाँद एफसी तीनधारेबीच प्रतिस्पर्धा हुनेछ । आगामी असोज २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले आठ लाख (भारु पाँच लाख) र उपविजेताले चार लाख (भारु दुई लाख ५० हजार) प्राप्त गर्नेछ । प्रतियोगितामा नेपालका पाँच क्लब र भारतका ११ क्लब सहभागी छन् ।

मानेभञ्ज्याङ फुटबल क्लबले विगतका वर्षदेखि अन्तरदेशीय सम्बन्ध विस्तारका लागि नेपाल–भारत सिमानामा पर्ने मानेभञ्ज्याङ बजारमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  २३:०२
प्रतिक्रिया दिनुहोस्