site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिले कपडा किनेर बेच्थे, अहिले ‘स्टार्टअप’ उद्यमी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । विराटनगरका रवि गुप्ता केही समय अघिसम्म कपडा पसल सञ्चालन गर्थे । थोक व्यापारीबाट कपडा किनेर बिक्री गर्थे ।

कोभिडकाल र त्यसपछि व्यापार गर्न कठिन भयो । खुद्रा व्यापारले घर चल्ने, तर उद्यमी नबनिने । उद्यम चलाउने हुटहुटी थियो । तर, उनी पर्खाइमा थिए, उचित अवसर र लगानीको । 

रविले सामाजिक सञ्जालमा आएको एउटा सूचना पढे । त्यसमा ‘नव उद्यमशील प्रवर्द्धनका लागि अवसर’ भन्ने उल्लेख थियो । उद्योग संगठन मोरङको त्यही सूचनालाई पछ्याएका गुप्ता डेढ वर्षमै उद्यमी बन्न सफल भए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“स्टार्टअपका लागि आएको त्यही सूचनाले म उद्यमी बन्ने अवसरको बाटो खोलिदियो,” गुप्ताले सुनाए ।

उद्योग संगठन मोरङको आयोजनामा स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमको तेस्रो सहयोग कार्यक्रममा सहभागी हुन आएका गुप्ताले आफ्ता संघर्षका दिनबारे सुनाए ।

Royal Enfield Island Ad

“थोक पसलबाट खुद्रा कपडा किनेर बेच्ने म अहिले आफैँ कपडा बिक्री गर्न बजारमा पठाउने भएको छु ।”

गुप्ताले विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केट पछाडि गार्मेन्ट उद्योग सञ्चालन गरेका छन् । यसअघि उनी संगठनको स्टार्टअप एन्ड इनोभेसनमा प्रशिक्षण लिए । नवीन व्यवसायिक सोच, विचार तथा अवधारणा र लगानीबारे जानकारी प्राप्त गरे ।

“मलाई यो कार्यक्रम निकै सहयोगी भयो, लगानी गरिदिने बैंकसमेतको प्रबन्ध भएकाले म जस्ता धेरैलाई सहज भएको छ,” उनले भने ।

यो वर्षमात्र गुप्ताले १२ लाख रुपैयाँभन्दा धेरै कर सरकारलाई बुझाएका छन् । पहिले पसल हुँदा प्यानमार्फत वार्षिक २५ हजार रुपैयाँसम्म मात्र कर तिर्थे । अहिले कारोबार बढेको छ । गुप्ताले विराटनगरमा सञ्चालन गरेको आरोहण इन्टरप्राइजेजमा २२ जनाले रोजगारी पाएका छन् ।

गुप्ता भन्छन्, “हामी जस्ता युवालाई समेट्न ल्याएको कार्यक्रमले सकारात्मक सहयोग पुगेको छ ।”

गुप्ताले टिसर्ट, ट्राउजर, ट्रयाक, बेवीसुट जस्ता लुगा उत्पादन गर्दै आएका छन् ।

संगठनको पहिलो र दोस्रो चरणको कार्यक्रममा सहभागी भएका आठजनाले केही न केही उद्यम सञ्चालन गरिसकेका छन् । कार्यक्रममा सहभागी हुने युवालाई संगठनले निःशुल्क रूपमा व्यावसायिक योजना तर्जुमा, योजनाअनुरूप आवश्यक पर्ने प्राविधिक विषयहरूमा मेन्टरसिप, कोचिङ तथा परामर्श दिने गरेको छ । एक वर्षसम्म चल्ने प्रशिक्षणमा उपभोक्तासँग साक्षात्कार गराउनेदेखि हाटबजार एवं विभिन्न विषयगत कार्यक्रमहरू समेत समेटिने गरिएको संगठनका अध्यक्ष राकेश सुरानाले बताए । 

उद्यमशीलता बढाउने संगठनले सुरु गरेको कार्यक्रममा विराटनगर महानगरपालिका, पूर्वाञ्चल विश्व विद्यालय, अन्तर प्रेरणा प्रा.लि., नेपाल युवा उद्यमी मञ्च, नेपाल चार्टर एकाउन्टेन्ट्स संघ, प्रदेश सरकारलगायतले सहयोग गर्दै आएका छन ।

नबिल, सिद्धार्थ, प्रभु र मेघा बैंकले लगानी सुनिश्चित गरिदिने गरेको संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro